
सिन्धुलीको तीनपाटन गाउँपालिकाले जेठ २२ गते सम्मको लागि निषेधाज्ञा थपेकाे छ ।
हालसम्म पनि कोभिड नियन्त्रण रोकथामका लागि निषेधाज्ञा जारी रहिरहेकाले कोरोना सङ्क्रमण तथा त्यसबाट मृत्यु हुने नागरिकहरूको उल्लेखनीय रूपमा कमी नआएको तथा गाउँपालिका निवासी नागरिक लगाएत कर्मचारीहरूमा समेत सङ्क्रमण देखिएपछि जेठ २२ गते सम्म निषेधाज्ञा थपिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले बताए ।
अध्यक्ष थापामगरका अनुसार, गाउँघरमा काेराेना सङ्क्रमण सँग मिल्दोजुल्दो ज्वरोका बिरामीहरू रहेकाले अत्यावश्यक सेवा बाहेक गाउँपालिका केन्द्र तथा वडा कार्यालयबाट हुने सेवा र यातायात सेवा समेत २२ सम्म बन्द हुने छ ।
त्यसै गरी उनले भने, ‘कोभिड-१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि निर्णय कार्यान्वयनमा सहयोग गर्न वडा समिति, स्वास्थ्य संस्था, प्रहरी चौकी, राजनीतिक दल तथा नागरिक समाजलाई अनुरोध गरेका छौँ।’
हाल तीनपाटन तीनपाटन गाउँपालिका का २ जना कर्मचारीमा एन्टिजेन परीक्षणमा कोरोना सङ्क्रमण देखिएको छ,भने स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।