वैशाख ११ मा धरहराको उद्घाटन गरिने



काठमाडौँ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिनुभयो ।

विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । पुनःनिर्माणका अधिकांश कार्य सम्पन्न भएसँगै प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माणको १० वर्षे महाअभियानका लागि कार्यक्रम तयार गर्ने भएको छ । प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष ओलीको अध्यक्षतामा मङ्गलबार बसेको निर्देशक समितिको १८औँ बैठकले सोसम्बन्धी कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षदेखि महाअभियान शुरु गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको सहकार्यमा त्यस्तो कार्यक्रमसम्बन्धी प्रस्ताव तयार भइरहेको छ । भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापनाको कार्य सम्पन्नताको चरणमा पुगेकामा निर्देशक समितिको बैठकले खुशी व्यक्त गरेको छ । प्रधानमन्त्री ओलीले पुनःनिर्माणको सफलता नेपालको गौरव र सम्पत्ति भएको उल्लेख गर्दै यो विश्वलाई देखाउन लायक भएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर