
सिन्धुलीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएकको छ ।
आइतबार माओवादी (केन्द्र) निकट वाईसिएलका र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा प्रतिनिधिसभा विघटन सम्बन्धी असंवैधानिक र प्रतिगामी कदमका विरुद्ध पुत्ला जलाएको वाईसिएल सिन्धुली जिल्ला अध्यक्ष भुलबहादुर राना (अविरल) ले सिन्धुली दर्पण लाई जानकारी दिए ।
उनीहरूले सिन्धुलीमाढी बजारमा रहेको लोकतान्त्रिक चोक स्थित जुनार स्तम्भमा पुत्ला जलाएका थिए ।
पुत्ला जलाउने क्रममा प्रहरीले आगो निभाएको थियो ।