
बन्न सकिन म विश्व सामु सबैले
चिन्ने गौतम बुद्ध
बेचिएका ती हजारौँ चेलीको उद्धार गर्न
सक्ने
बन्न सकिन म अनुराधा कोइराला
मत केवल आफ्नै दुनो सझाउन व्यस्थ
भए
किनकी म स्वार्थी हु ।
मेरा सहरका चोक चोकमा ठुला ठुला
घरहरू छन्
तर म चाहन्छु मेरो घर अगाडिको बाटो
सरकारले बनाइदियोस् कतै बजेट
आइहालो
भने अगि बढ्छु त्यहाँ मेरो आवश्यक पर्छ
किनकी म स्वार्थी हु ।
मेरो कार्यकर्ता देखि मलाइ अचम्म लाग्छ
मेरा ठुला ठुला भाषणहरू सुनेर मन्द मन्द
रमाउने गर्छन् उनीहरू त मेरा सेवक हुन
मैले करौडको भ्रष्ट्राचार गर्दा पनि जय
जय कार गर्छन्
मेरो बेथिति विरुद्ध त चुइँक्क बोल्दैनन्
उनीहरूको लागि पनि मैले छुट्टै व्यवस्था
गरेको छु
माथि केन्द्रमा झन् मेरो ठुलै पावर छ
हा.हा.हा. अदालत आफ्नै अख्तियार
बोल्दै बोल्दैन यो जुनी त के सात जुनी मोज
गरिन्छ
किनकी म स्वार्थी हु ।
यो कुर्सी पनि कसरी छोड्न सक्छु र
वरिपरि बाट मीठो बास्ना आइरहेको छ
उनीहरू पनि बास्ना सँगै रमाइरहेका छन्
जनतालाई यसो गफ दियो मक्ख परि
हाल्छन्
म चाहिँ भोलि शासन गर्ने तरिका
सोचिरहन्छु त्यसैले म भन्छु
किनकी म स्वार्थी हु ।