कोभिड संक्रमितको लास व्यवस्थापनको लागि मोटर र पाइप सहयोग



सिन्धुलीको कमलामाई नगरपालिका-६ गड्यौलीमा रहेको स्वर्गद्वारी घाट व्यवस्थापन समितिलाई कोभिड संक्रमितको लास व्यवस्थापनको लागि पाइप र मोटर सहयोग गरिएको छ ।

सामुहिक सरोकार समाज सिन्धुलीले जिल्ला काेभिड संक्रमण व्यवस्थापन केन्द्रकाे समन्वयमा कमलामाई नगरपालिकाको नगर प्रमुख खड्ग खत्री मार्फत समितिका सचिव छविलाल श्रेष्ठलाई पानि तान्ने पम्प, सरसफाई गर्ने आवश्यक सामाग्रीहरु मंगलबार हस्तान्तरण गरेको संस्थाका अध्यक्ष नवराज पहाडीले सिन्धुली दर्पण सँग बताए ।

समाग्री हस्तान्तरण गर्दै नगर प्रमुख खत्रीले भने, कोभिड संक्रमितको लास व्यवस्थापन एक चुनौतीको विषय रहेको बताउँदै ध्यान दिएर काम गर्न अनुरोध गरेका थिए । स्वर्गद्वारी घाट तथा लास व्यवस्थापनको लागि थप केही समानहरु चाहिएमा नगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत उनले जनाएका छन् ।

संस्थाका अध्यक्ष नवराज पहाडीले सामुहिक सरोकार समाज सिन्धुलीले विगत देखि नै विभिन्न सामाजिक कार्य आएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले

सिन्धुलीमाढी। मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका  एम्बुलेन्स प्रदान गरेको छ ।  आज एक कार्यक्रमका बिच मारुती सिमेन्ट प्रालि का

सिन्धुलीमाढी। तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा हरिहरपुरगढी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।