
सेतु नेपालको आर्थिक सहयोगमा सामुहिक सरोकार समाज सिन्धुलीले दुधाैली नगरपालिका को आइसोलेसन सेन्टरलाई आवश्यक सामग्री सहयोग गरेको छ ।
कोरोना भाइरसको संक्रमणलाई रोक्न स्थानीय निकायलाई अप्ठ्यारो परिरहेका बेला सामुहिक सरोकार समाजले नगरपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
सामुहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडीले दुधाैली नगरपालिका मेयर घनश्याम राउतलाई बुधवार स्वास्थ्य सामग्री हस्तान्त्रण गरेका हुन ।
सहयोग गरिएको सामग्रीमा एन–९५ मास्क २ सय थान, १० ग्यालिन सेनिटाइजर,३० थान पिपिई सेट र १ सय थान फेस शिल्ड रहेका छन् ।
त्यसैगरी,२० थान अक्सिजन मास्क,१० थान थर्मल गन,१ हजार ४ सय थान सर्जिकल मास्क,२० बट्टा पन्जा, ५ थान अक्सिमिटर,५० बाेतल फेनल र २ थान स्प्रे ट्याकीं नगरपालिलाई सहयोग गरेको हो ।
संकटको समयमा स्थानीय तहलाई ब्यवस्थापन गर्न समस्या भएकोले आवश्यक सामाग्री सहयोग गरेको पहाडीले बताए । उनले भने, ‘दुधाैलीमा अहिले हरेक दिन संक्रमितको संख्या बढिरहेको छ । व्यवस्थापन गर्न चुनौति बनिरहेको छ । स्थानीय निकायको स्रोत साधानले मात्र कोरोना नियन्त्रण सम्भव छैन । यसका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्छ । हामी आगामी दिनमा सक्दो सहयोग गर्ने प्रयास गछौं ।’
यता दुधाैली नगरपालिका मेयर घनश्याम राउतले सामुहिक सरोकार समाज सिन्धुली संकटको सारथी बनेको भन्दै धन्यवाद ब्यक्त गरे । उनले भने,’दुधाैली नगरपालिका कारोनाको हट स्पोर्ट हाे। त्यसैले यसको रोकथामको लागि स्थानीय तहसँग प्रयाप्त जनशक्ति र स्रोतसाधन नभएकाले यसरी आउने सहयोग हामीलाई थप उर्जा मिलेको छ।’