
जिल्ला आयुर्वेदक स्वास्थ्य सेवा केन्द्रले कोभिड संक्रमितहरुलाई घरदैलोमै पुगेर परामर्श र आयुर्वेदिक औषधि वितरण सुरु गरेको छ ।
बुधबार कमलामाई नगरपालिका वडा नं. ६ र ७ का १३ जना कोभिड संक्रमितको घरदैलो मै पुगेर आवश्यक परामर्श दिनुका साथै मास्क तथा आयुर्वेदिक औषधि वितरण गरेको हो ।
पिसिआर परिक्षण गरि संक्रमण पुष्टि भएका र घरमै उपचार तथा आराम गरि बसेका संक्रमितको अवस्था बुझ्न, हौसला प्रदान गर्न सुझाव दिईएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका अध्यक्ष सुन्दर घिसिङले बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष सुन्दर घिसिङ, आयुर्वेदिक चिकित्सक सुनिल कवा र बैद्य ऋषिराज बरालले औषधि वितरण गरेका हुन ।