
समाजसेवी अशोक राजभण्डारीले सिर्थाैली कोभिड अस्पताल लाई खानेपानी सहयोग गरेका छन् ।
कमलामाई नगरपालिका-४ ढुंग्रेबास निवासी समाजसेवी राजभण्डारीले विश्वलाई नै आक्रान्त पारी रहेको नयाँ भेरियन्टको कोरोना भाइरसले सताइरहेको समयमा कोभिड अस्पतालमा रहेका बिरामीहरू र स्वास्थ्यकर्मीहरू का लागि ५० कार्टुन मिनिरल वाटर सहयोग गरेका हुन ।
नेपाल काँग्रेस जिल्ला सभापति उज्ज्वल प्रसाद बरालले उपस्थितिमा उक्त खानेपानी बुधवार एक कार्यक्रमका बिच दुधौली नगरपालिकाका मेयर घनश्याम राउतलाई हस्तान्तरण गरिएको इन्द्र भुजेलले सिन्धुली दर्पण लाई जानकारी दिए।
कार्यक्रममा नेपाल महिला संघ सिन्धुलीका सभापति गंगा दाहाल,नेवि संघ सिन्धुलीका सचिव ईश्वर बस्नेत लगाएत नेताहरूको उपस्थिति रहेको थियो ।