आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली,घरमै पुगेर स्वस्थ जीवनशैली तनाव व्यवस्थापन सिकाउँदै



 कोरोना संक्रमितको घरमा नै पुगेर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले स्वस्थ जीवनशैली,तनाव व्यवस्थापन सिकाउन सुरुवात गरेको छ । 

होम आइसोलेसनमा रहेका संक्रमित भेट्न अभियान नै बनाएर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र  सिन्धुली तथा आयुर्वेद औषधालय तीनपाटन, रानीवास लगाएतका टोली घर घरमा पुगेका हुन । 


यसले संक्रमितको स्वास्थ्य अवस्था थाहा पाउन मद्दत पुग्छ भने उहाँहरूमा समेत स्वस्थ्य जीवनशैली र तनाव कम हुने भएकाले घर घरमा पुगेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका सूचना अधिकारी दीपक तिम्सिना बताउँछन् ।

 कोभिडको दोस्रो लहरपछि संक्रमित हुने दर बढेसँगै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली तथा आयुर्वेद औषधालयका टोली अभियान नै बनाएर संक्रमितको घरघरमै पुगेर निःशुल्क रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक ओषधि वितरण,योग,स्वस्थ जीवनशैली बारे जानकारी गराउँदै स्वास्थ्य लाभको कामना गरिरहेका छन्।


साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विभिन्न सञ्चार माध्यमामा सूचना सामाग्रीहरू बजाएर समेत आयुर्वेद सेवा लिनको लागि अनुरोध गरेको छ।

हाल संक्रमितका आफन्तहरूले फोनबाट सेवा बारेमा जानकारी लिने तथा कार्यालयमा नै आएर औषधि लिएर जाने गरेका छन् ।

यससँगै आयुर्वेदिक सेवा लिने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स