
गोलन्जोर गाउँपालिकाले गरेको कौशिका माध्यमिक विद्यालय ग्वाल्टारको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नियुक्ति प्रक्रियामा दलहरूले आपत्ति जनाएका छन्।
गाउँपालिकाले गत बुधवार डोर बहादुर कार्कीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेपछि नेकपा एमाले, नेकपा क्रान्तिकारी माओवादी, देश भक्त जन गणतान्त्रिक मोर्चा नेपाल र नेकपा माओवादी (विप्लव) ले संयुक्त रूपमा आपत्ति जनाएका हुन ।
विद्यालयको अभिभावक भेला अनेकौँ बहाना बनाएर पन्छाएको र कोरोनाको महामारीमा विद्यालय बन्द रहेको अवस्थामा गाउँपालिकाले मनोमानी रूपमा काँग्रेस अनकुल व्यक्ति लाई अध्यक्ष नियुक्त गर्नुको साथै शैक्षिक क्षेत्रमा राजनितिकरण गरेको आरोप लगाएका छन्।
उनीहरूले शुक्रवार विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन।
विज्ञप्तिमा भनिएको छ, प्रहरी सेवामा रहँदा पनि घुस लिए बापत कारबाही भएको थियो र त्यहि कारबाहीले गर्दा जागिर राजिनामा गरेको ब्यक्तिलाई गाउँपालिकाले स्वच्छताको धज्जी उडाउँदै स्वतन्त्र शैक्षिक संस्थामा पटक पटक राजनैतिक रूपमा प्रत्यक्ष रूपमा हस्तक्षेप गर्दै आएको छ ।यसले शैक्षिक जगत् नै विकृत बनाएको छ ।
गाउँपालिकाले पवित्र शैक्षिक स्थल विद्यालय माथि प्रत्यक्ष राजनीतिक हस्तक्षेप हुन निन्दनीय विषय हो ।यस खालका गतिविधिहरू तत्काल सच्याउन माग गरेका छन्।
त्यसैले गाउँपालिका सँग विद्यालयको अभिभावक भेलाबाट व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न माग गरेका छन्।
गाउँपालिकाले यस किसिमका घटनाहरू पटक पटक दोहोर्याउँदै गएमा संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेर आन्दोलन गर्ने र त्यसको जिम्मेवार पालिका आफै हुनुपर्ने कडा चेतावनी दिएको छ।