
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) सिन्धुलीले अनलाइन कक्षाको नाममा मन परि शुल्क न असुल्न ध्यानाकर्षण गर्दै प्यावसन सिन्धुली लाई ज्ञापन-पत्र बुझाएको छ।
अनेरास्ववियु सिन्धुलीका अध्यक्ष दीपेन्द्र फुयालले शुक्रवार निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्यावसन) सिन्धुलीका अध्यक्ष राजेश मास्के लाई ज्ञापन पत्र बुझाएका हुन।
ज्ञपान पत्रमा सिन्धुली जिल्लाका निजी शैक्षिक संस्थाहरूले अनलाइन कक्षाको नाममा मन परि शुल्क असुलेको, शुल्कमा पनि एकरूपता नआएकाले जथाभाबी शुल्कले लकडाउनको अवधिमा ज्याला मजदुरी गरेर, सामान्य खेती किसानी गरेर निजी विद्यालयमा पढाउने अभिभावक प्रताडित भएको भन्दै यस्तो शुल्क खारेजीको माग गरेको छ।
त्यसै गरी शैक्षिक सत्रको सुरुवात हुनै लागेको अवस्थामा, निजी विद्यालयले पाठ्यपुस्तकहरू परिवर्तन गरी दुख दिएकाले पाठ्यक्रम परिवर्तन नगर्नका साथै निजी विद्यालय हाताबाट पाठ्यपुस्तक बिकी गरेर मनपरी मूल्य असुलेको गुनासो आएकाले, विद्यालय हाता भित्र पाठ्यपुस्तकको व्यापार नगर्न ध्यानाकर्षण गरेको छ।
अनेरास्ववियुले राखेका जायज मागहरू सम्बोधन नगरिए उत्पन्न हुने परिस्थिति जिम्मेवारी निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्यावसन) हुने समेत चेतावनी दिएको छ।