सार्वजनिक जग्गा एमालेले अतिक्रमण गरेको भन्दै, प्रशासन गुहार्दै काँग्रेस



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले सार्वजनिक जग्गा अतिक्रमण गरेर पार्टी कार्यालय निर्माण कार्य सुरु गरेको भन्दै काँग्रेसले रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई गुहारेको छ।


सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङ्गसाङ्गमा रहेको सार्वजनिक जग्गामा एमालेले मदन-आश्रित नाममा पार्टी कार्यालय निर्माण गर्न सुरुवात गरेको भन्दै,नेपाली काँग्रेस फिक्कल गाउँपालिकाका नेता बम प्रसाद पहाडीको नेतृत्वमा शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलालाई ध्यानाकर्षण पत्र बुझाएको छ।


ध्यानाकर्षण -पत्रमा उक्त स्थलमा भएको भवन निर्माण कार्य रोक्नको लागि माग गरेको छ।


काँग्रेसले फिक्काल गाउँपालिका कै मिलेमतोमा एमाले ले सार्वजनिक जग्गा अतिक्रमण गरेर पार्टी कार्यालय निर्माण गरेको आरोप लगाएको छ।

हाम्रो सांकेतिक विरोध लाई बेवास्ता गरेमा नेपाली काँग्रेस यस्तो गलत कार्य विरुद्ध जस्तोसुकै प्रतिवाद गर्न तयार रहेको पत्रमा उल्लेख गरेको छ।


ध्यानाकर्षण पत्र बुझ्दै, सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलाले सार्वजनिक जग्गा कसैले दुरुपयोग गर्न नमिल्ने भन्दै ध्यानाकर्षण भएको बताए ।


ध्यानाकर्षण पत्रमा काँग्रेस नेता ध्रुव प्रसाद पहाडी,रामकुमार पहाडी,दामोदर पहाडी,विशाल पहाडी, माधव पहाडी,बम प्रसाद पहाडी, गोपाल पहाडी र कृष्ण लामिछानेको हस्ताक्षर रहेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर