प्रयोग गर्न नपाउँदै भत्कियो लाखौंको संरचना



सिन्धुलीगढी / कमलामाई नगरपालिका कार्यालयको आर्थिक लगानीमा सिन्धुलीगढी प्रबेशद्वार सोलाभञ्ज्याङमा निर्माण गरिएको लाखौंको भौतिक संरचना प्रयोगमा नआउदै भत्किएको छ ।


कमलामाई नगरपालिका कार्यालयको सिन्धुलीगढी पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत २०७७ असार ३० गते निर्माण कम्पनी त्रिवेणी लाफा कन्ट्रक्सन प्रालि कामनपा–१५ सँग कुल ९२ लाख ७८ हजार ७ सय ७९ मा सम्झौता भई ३ वटा ब्यापारिक सटर र ट्वाइलेट निर्माण गरिएको थियो । तर उक्त सटर र ट्वाइलेट कमलामाई नगरपालिकाले भाडामा लगाउन नपाउदै भत्किन पुगेको छ ।


कमलामाई नगरपालिका प्राविधिकले गुणस्तरिय संरचना निर्माणमा ध्यान नदिएको र ठेकेदार कम्पनीको लापरबाहिका कारण लाखांै खर्चिएको संरचना प्रयोगमा नआउदै भत्किन पुगेको देखिएको छ ।


लाखौंमा निर्माण सम्पन्न भएको भनिएको संरचना भत्किएको विषयमा प्रतिक्रिया दिंदै कमलामाई नगरपलिकाका कार्यकारी अधिकृत विषकशेन ढकालले ठेकेदार कम्पनीले निर्माणसम्पन्न भएको बताएपनि ह्याण्डओभर नगरेकाले गुणस्तरयुक्त संरचना बनाउन लगाउने बताए । उनले निर्माणाधिन संरचना भत्केको भए त्यस्ता संरचना नगरपालिकाले जिम्मा नलिने र मर्मत गर्न लगाउने बताए ।


त्यसैगरी निर्माणाधिन कमलामाई नगरपालिका वडा नं. ३ का वडाध्यक्ष खड्ग चौलागाईले लाखौं रकम खर्चेर निर्माण गरिएको क्षेत्र कमजोर रहेको र आफुले पटक पटक गुणस्तरिय संरचना बनाउन आग्रह गर्दा ठेकेदार पक्षले सुनुवाईनैं नगरेको बताए । उनले गुणस्तरहिन संरचना बनाएका कारण प्रयोगमा नआउँदै आँगन र ट्वाइलेटसमेत भत्किएको बताए । नगरपालिकाकै काम भएकाले हुनसक्छ, गुणस्तरिय काम भएन भन्दा पनि सुनुवाई नगरेको, वडाध्यक्ष चौलागाईले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स