दुम्जाको बिपी पार्कमा कालोपत्रे गुणस्तरहीन, १ महिना नहुँदै धुजा धुजा



सिन्धुली ।  निषेधाज्ञाको समयमा भएका अधिकांश विकास निर्माणका कार्यहरू गुणस्तरहीन बनेका छन्। यसको पछिल्लो ज्वलन्त उदाहरण नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको पुर्खौली थलाेमा उनको सम्झनामा सिन्धुलीमा निर्माण गरिएको पार्क हो ।


सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं. १ को बिपी पार्क जाने सडकमा कालोपत्रे सकिएको १ महिना नहुँदै सडक चर्किएर धुजा धुजा भएको छ । कालो पत्रेको काम गुणस्तरहीन भएको छ । लगभग ७३० मिटर सडक कालो पत्रे सम्पन्न भएको हो । कालो पत्रे गरेको सडक कतै भासिएर चर्किएको छ भने कतै मेसिनरी वाल नै लड्ने अवस्थामा छ । 


कालो पत्रेको गरेको सडक एक महिना पनि नवित्तदै चर्किएको स्थानीय माधव प्रसाद न्यौपाने बत्ताउन् छन् । उनले भने, कालोपत्रे गरिएको सडक चर्किएको स्थानमा हातले तान्दा पनि उक्किने गरेको छ । स्थानीयले सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरिएको कारण सडक गुणस्तरहीन भएको उनले आरोप लगाएका छन् । 


निर्माण व्यवसायीले सडकको भित्ता काटेर पुरिएको माटोमाथि नै कालोपत्रे गरिएकाले अलकत्राले जमिनमा नसमाएको कारण सडक भत्किएको हो । सडक निर्माणका क्रममा राता रात कालो पत्रे गरेको र  सववेस र वेस निर्माणका क्रममा कटिङ गरिए पनि फिलिङ गर्ने क्रममा क्यु रिङ नगरी कालो पत्रे गरेकाले यस्तो समस्या आएको न्यौपाने ले सिन्धुली दर्पण सँग बताए।

सडक निर्माणका लागि ठेकेदार पक्षसँग सघन सहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापले २०७७ असार १९ गते सम्झौता गरेको हो । सम्झौता अनुसार २०७७ पौष १८ मा सम्पन्न गर्नुपर्ने काम नसकिएपछि कोरोनाका कारण काम सक्न ढिलाइ भएको भन्दै २०७८ असार १९ सम्ममा सक्ने गरी म्याद थप गरिएको छ । पटक पटक म्याद थप गरेर सडक निर्माण सम्पन्न भए पनि काम भने गुणस्तरहीन स्थानीय सुब्बा श्रेष्ठ ले बताए । 


निर्माण को जिम्मा लिएको ठेकेदार पक्ष पानी धेरै परेकाले यस्तो समस्या आएको भन्दै पन्छिन खोजेको देखिन्छ  छ ।


 उता, आयोजना कार्यान्वयन इकाई रामेछापले भने सडक निर्माणको अन्तिम विल   भुक्तानी नभएकाले ठेकेदार पक्षलाई मर्मत गराउन लगाउने बताएको छ। आयोजना कार्यान्वयन इकाईका अनुसार १२ महिना परिक्षण काल रहने छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२