
नेपालले पहिलाेपटक संघीयतामाको अभ्यास गर्दै छ, अहिले गाउँ गाउँमा स्थानीय सरकारको रूपमा नगरपालिका तथा गाउँपालिकाहरू रहेका छन् ।उनीहरूले जनतालाई सिंहदरबार को शासन गाउँ गाउँ बाट दिन सुरुवात गरेको पनि आधा दशक हुनै लाग्यो । सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहमा आए सँगै स्थानीय सत्ताको नेतृत्व गर्न गाउँकै सामान्य जनताका छोराछोरी पुगेका छन् । गाउँको समस्या बुझेको भोगेको र प्रत्यक्षे अनुभव गरेका मान्छे जनप्रतिनिधिका रूपमा २०७४ साल वैशाख मा निर्वाचित भएका छन् ।
तर, उनीहरूले योजना छनोट देखी बजेट विनियोजनसम्म खासै ध्यान पुर्याउन सकेका छैनन्। व्यवस्था फेरिए पनि नागरिकहरूको अवस्था उस्तै छ ।नागरिकको जीवनमा खासै परिवर्तन देखिँदैन । जनताको आर्थिक समृद्धि ल्याउने खालका कुनै योजना छैन । छन् त,केवल कार्यकर्ता र आसेपासेको समृद्धि हुने योजना ।त्यसैले तीनपाटन गाउँपालिका-२ भिमस्थान निवासी सन्दीप बरालले तीनपाटन गाउँपालिका -२ का वडा अध्यक्ष हेमबहादुर श्रेष्ठलाई दीर्घकालीन विकासमा बजेट विनियोजन गर्न अनुरोध गर्दै खुल्ला पत्र लेखेका छन् ।
यस्तो छ उनले लेखेको पत्र
श्रीमान् अध्यक्ष ज्यू,
तीनपाटन गाउँपालिका २ भिमस्थान
सिन्धुली
म तँ पाईको तीनपाटन गाउँपालिका वडा नम्बर २ भिमस्थानको सामान्य नागरिक सन्दीप बराल हुँ ।
आजभन्दा करिब ४ वर्ष अगाडी तपाईँ र तपाईँको टिम बहुमत सहित निर्वाचित हुँदा बधाई दिने मध्यकै म पनि हुँ किनकि लोकतान्त्रिक निर्वाचन स्विकार्नु नागरिकको नैतिक दायित्व हो ।
पिडाको आकार हुँदैन । तर,आज दुःख साथ भन्नुपर्छ तँपाई हाम्रो अभिभावक बन्न सक्नु भएन । तँपाईले त बिर्सनु भयो होला ? निर्वाचनमा बाडेका आश्वासनको कागजी खोस्टाहरू अथवा अलि सभ्य भाषामा घोषणापत्र तर जनताले बिर्सिएका छैनन् ।
अब फेरी आर्थिक वर्ष २०७८/०७९ को बजेट वडा-वडाहरूमा छुट्टिने बेला भयो होला? वडाहरूमा योजना छनोट गर्नै भेला गर्ने बेला भयो होला? अब हुने योजना छनोटका वडा भेलाहरूमा तँ पाई नजिकका दुई चार जना कार्यकर्ता र वडा को प्रतिनिधि मात्र बसेर नछुट्टाउनु होला।
अब हुने योजना छनोटको वडा भेलामा साबिक वडाहरू बाट कम्तीमा ५ जना महिला पुरुष, शिक्षक, बालबालिका, अपाङ्ग सवैलाई बोलाएर वडा भेला गरिदिनु होला । ताकी वडाको बजेट समावेशिता झल्कियोस् र सम्पूर्ण क्षेत्रमा प्रयोग होस ।
श्रीमान् अध्यक्ष ज्यू तीनपाटन गाउँपालिका २०७९ साल भित्र बालमैत्री गाउँपालिका घोषण गर्ने भन्ने निर्णय भएको थियो ।तँ पाई सँग यस वडा बाल मैत्री बनाउन कस्तो भिजन छ ? के सधैँ जसो एउटा परिवार र एउटा व्यक्ति खुसी बनाएर पुग्ला ? गाउँ नै पिच्छे एउटा अधुरो प्रतीक्षालय, जङ्गल भत्काएर अपुरो बाटो खोलेर अनि टोल नै पिच्छे मन्दिर ,इनार,समूह घर बनाएर होला ? कति हाल्ने टुक्रे योजना ?
अध्यक्ष ज्यू, बीस चाली र साठी हजारको बजेट छुट्या र कुन योजना सफल होला ? यो साल पनि ? म सामान्य एउटा नागरिक भएर तँ पाई लाई सोधेको छु ।
अध्यक्ष ज्यू, अघिल्लो आर्थिक वर्षको लगभग १ करोड बजेटले वडामा देखाउन मिल्ने यो काम चैँ गरे भनेर एउटा देखाउनु त ? के सधैँ टुक्रे योजना र सबैको मुख टाल्ने काम गरेर मात्र वडाको विकास सम्भावना होला ? अघिल्लो वर्ष भन्दा यस वर्ष बजेट बडेर आएको छ । यस वर्ष चैँ पक्कै पनि तँ पाईले वडालाई अघिल्लो वर्ष जस्तो गर्नु हुन्न भन्नेमा आशावादी रहेको छु ।
आउनुस् गाउँ गाउँमा आफै पस्नुस् जनता के भन्छन् के को अभाव छ ? कोरोनाको महामारी छ । स्वास्थ्य क्षेत्रमा के छ तपाइको भिजन ? महिला,बालबालिका र लक्षित वर्गको लागि कति बजेट छुट्टाउनु हुन्छ? कृषि क्षेत्रमा के छ तपाइको भिजन? विकास निर्माणका कामको नाममा नयाँ बाटो होइन तै अघिल्लो वर्षको बाटोमा कम्तीमा एउटा ट्याक्टर सम्म हिड्न सक्ने बनाउने हो कि ? युवा वर्ग आकर्षित गर्नको लागि तपाई सँग के छ योजना ? तँपाईको वडाका जनताले राम्रो सँग इन्टरनेटको पहुँच कहिले सम्म पाउन सक्छन् ? यस विषयमा ध्यान दिनुहोस् ।
सबै जनताको आशा जगाउने दीर्घकालीन योजनामा बजेट केन्द्रित गर्नुस्।
त्यसैले अध्यक्ष ज्यू, समग्रमा यस वर्ष भिमस्थान निवासी जनता लाई चित्त बुझ्दो सबैले अपनत्व लिन सक्ने समावेशी बजेट ल्याउनु होला । मिलेर विकास गरौँ । धन्यवाद ।।