
खुर्कोट । प्रहरीले यात्रुसँग बढी भाडा लिने सवारी चालकलाई जरिवाना गरेको छ ।
ओखलढुंगाबाट काठमाडौँ जाँदै गरेको ना १ ज ८८७५ नं को सुमोका चालक राजनारायण पौडेल लाई जरिवाना गरेको हो।
गोलन्जोर गाउँपालिका वडा नं.७ खुर्कोट स्थित चेकप्वाईन्टमा रोकी चेकजाँच गर्दा यात्रुसँग बढी भाडा लिएको पाइएपछि ट्राफिक नियमानुसार ५ हजार जरिवाना गरिएको इलाका प्रहरी कार्यालय खुर्काेटले जनाएको छ।
काठमाडौँ जाने ५ जना यात्रुहरूसँग चालकले जनही १ हजार ४ सय का दरले ७ हजार लिएका थिए ।
चालकबाट सुमोमा सवार यात्रुहरूलाई भाडा फिर्ता गराई सम्बन्धित गन्तव्य सम्म पुर्याउनको लागि सुमो छाडिएको प्रहरीले जनाएको छ ।