
सिन्धुलीमा विद्युतको करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।
जिल्लाको कमलामाई नगरपालिका वडा नं. ७ बाँसकटेरी कि २१ वर्षीय शान्तिमाया थिङको सोमबार भएको करेन्ट लागेर मृत्यु भएको हो ।
घरबाट सदरमुकाम सिन्धुलीमाढी जान्छु भनी हिँडेकी थिङको हावाहुरी आउँदा बिजुलीको ११ हजार भोल्टेजको तार चुँडिएर भुईँमा लत्रिएको र सोही कारण करेन्ट लागि घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताए।
उनीसँगै बजार आएकी १५ वर्षीय गीता पाण्डे भने सामान्य घाइते भएको र स्थानीय मेडिकलमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनका अनुसार घटनास्थलमा प्रहरी टोली गई कानुनी प्रक्रिया पुरा गरी मृतकको लास पोष्टमाटमको लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याइएको छ ।
विद्युत् प्राधिकरणको लापरबाहीको कारण तार चुँडिएको स्थानीयले आरोप लगाएका छन् ।
गत वर्ष पनि बास्कटेरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको थियो ।