
तीनपाटन । सिन्धुलीको तीनपाटन गाउँपालिका ९ मा रहेको त्रिभुवन आम्बोटे स्वास्थ्य चौकी भवन हस्तान्तरण तथा उद्घाटन गरिएको छ ।
जिल्ला आयोजन कार्यान्वयन इकाई सिन्धुलीले निर्माण सम्पन्न गरेको भवन सोमबार तीनपाटन गाउँपालिका वडा नं ९का वडा अध्यक्ष शेरबहादुर मगरले उद्घाटन गरेका हुन ।
स्वास्थ्य चौकीका इन्चार्ज रामवेचन शाहको अध्यक्षतामा भएको कार्यक्रममा आयोजनाका प्रमुख सूर्य प्रकाश विष्ट,कार्यालयका लेखापाल पदम मगर लगायतको उपस्थिति रहेको थियो ।
आयोजनाको एक करोड ५२ लाख ७४ हजार रुपैयाँ लागतमा भवन निर्माण कार्य सम्पन्न भएका आयोजनाका सव इन्जिनियर विदुर खतिवडाले जानकारी दिए।
विक्रम सम्वत २०७६ साल असार २५ गते न्यु ड्राईगन÷प्रदेज जेभि भक्तपुरसँग निर्माण ठेक्का सम्झौता भएको थियो, खतिवडाले भने ।
२०७७ माघ २८ गते नै निर्माण सम्पन्न भएको भए पनि विभिन्न कारणले हस्तान्तरणमा ढिलाइ भएको खतिवडाले बताए ।