
टि.एन घिमिरे
सिन्धुलीमाढी । भालुको आक्रमणबाट सिन्धुलीको दुधौली नगरपालिका ३ निपानेका कुमार दुखिया दनुवारको उपचारमा आर्थिक समस्या भएको छ।
शनिवार गाई वस्तु चराउन जंगल गएका दनुवारलाई भालुले आक्रमण गर्दा हात र खुट्टामा गम्भीर चोट लागेको थियो।
घाइते दनुवारको आर्थिक आस्था कमजोर भएको कारण उपचार खर्च जुटाउन समस्या भएको परिवारले जनाएको छ।
दनुवारको पिसिआर नेगेटिभ आए पछि सिन्धुली अस्पतालमा उपचार भइरहेको हार्डजोर्नी रोग विशेषज्ञ डा. सुधांशु झाले जानकारी दिए ।
विगतमा पनि जनावरको आक्रमणबाट सिन्धुलीमा घाइते हुनेको सङ्ख्या ठुलो छ ।