
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिराहाको पडारिया चोकदेखि दक्षिणमा रहेको फूलबारीमा नयाँ वर्षको वैशाख १ गते मात्र फूल फुल्ने गर्छ।
‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ। वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतीक्षामा फूलमाला लिएर उक्त रूपमा फूल फुल्ने किंवदन्ती छ।
फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर मन्दिरसँगै टाँसिएर सो फूल आजसम्म फुल्नु रहस्यमय मानिन्छ।