
मानवतथा राष्ट्रिय विकास समाज (HANDS) नेपाल
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक प्रकाशन मितिः २०७८/०२/२६ गते
यस मानवतथा राष्ट्रिय विकास समाज(HANDS) नेपाल सिन्धुलीले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र दुधौली नगरपालिकामा संचालनहुने बालबालिकाले समान रुपमा सिक्ने, लैगिंक रुपान्तरण तथा गुणस्तरीय शिक्षा परियोजना संचालन गर्ने कार्यका लागित पसिल अनुसारको कर्मचारी आवश्यक भएकोले देहाय अनुसारकोे योग्यता पुगेको इक्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले ७दिनभित्र कार्यालय समयमा दरखास्त पेश गर्न आह्वान गरिन्छ ।
तपशिल |
सि.न | बिज्ञापन न. | पद | आवश्यक संख्या | कार्यक्षेत्र |
१ | ०३/०७७/०७८ | Project Coordinator | १ | सिन्धुली जिल्ला र परियोजना संचालन हुने स्थानीय पालिका |
२ | ०५/०७७/०७८ | Admin and Finance officer | १ | परियोजना संचालन हुने स्थानीय पालिका |
३ | ०६/०७७/०७८ | Technical officer | १ | परियोजना संचालन हुने स्थानीय पालिका |
४ | ०७/०७७/०७८ | Social mobilizer | २ | परियोजना संचालन हुने स्थानीय पालिका |
Project Coordinator लागि योग्यता र दक्षता
- मानविकी वा शिक्षाशास्त्र संकायमा न्यूनतम स्नात्तकोत्तर तह वा सो सरह उतिर्ण गरि कम्तिमा ३वर्ष शिक्षा सँग सम्वन्धीत क्षेत्रमा कार्यानुभव भएको।
- कार्यक्रम योजनातर्जुमा,अनुगमन, निरीक्षण, मुल्याङ्कन, प्रतिवेदन लेखन (अंग्रेजी र नेपाली), तथ्याङ्क व्यवस्थापन तथा प्रशासनिक कार्य कौशल भएको।
- जिल्ला स्तरका सरोकारबाला तथा साझेदार संस्था सँग नियमित सम्पर्क, समन्वय र सहकार्य गर्न सक्ने ।
- कर्मचारी परिचालन तथा समुहकार्य गर्न गराउनुको साथै फिल्डकार्यमा धेरै समय दिन सक्ने।
- कम्प्युटर सम्बन्धि ज्ञान (MS word,Excel, PowerPoint) का सथै email internet चलाउन सक्षम ।
- कार्यक्रम सम्बन्धि साझेदार संघ, संस्था तथा व्यक्ति पहिचान गरी सहकार्य गर्न सक्ने।
- तालिम, गोष्ठी जस्ता कार्यक्रम सहजीकरण गर्ने सीप भएको।
- समुदायमा उठेका परियोजना सँग सम्बन्धित सवाललाई संस्थाको तर्फ बाट संबोधन गर्न सक्ने।
- अन्तर व्यैक्तिक कला तथा तनावमा पनि कार्य गर्न सक्ने दक्षताभएको
Admin and Finance officer को लागि योग्यता र दक्षता
- मान्यताप्राप्त शैक्षिक संस्थाबाट लेखा तथा व्यवस्थापन विषयमा न्यूनतम स्नात्तकतह वा सो सरह उतिर्ण गरि कम्तिमा २वर्ष लेखा तथा प्रशासन क्षेत्रमा कार्यानुभव भएको ।
- कम्प्युटर सम्बन्धि ज्ञान(Ms word,Excel, PowerPoint) का साथै email, internet चलाउन सक्षम ।
- परियोजना सँग सम्वन्धीत कागजात सुरक्षित राख्न सक्ने तथा दोहोरो श्रेष्ता प्रणाली सँग सम्वन्धीत दक्षता भएको ।
- परियोजनाले निर्धारण गरेको Software संचालन गर्न सक्ने सीप भएको ।
उम्मेदवारले पेश गर्नु पर्ने आवश्यककागजातहरुः
व्यक्तिगत विवरण (वायोडाटा), शैक्षिक योग्यताको प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, व्यक्तिगत स्थायी लेखा नं., अनुभवको प्रमाणपत्र तथा लिखित निवेदन अनिवार्य पेश गर्नु पर्ने छ ।
सेवा तथा सुविधा परियोजनामा व्यवस्था भए अनुसार हुनेछ ।
नोटः १. उल्लेखित प्रारम्भिक छनौटमा सूची प्रकाशनमा सुचिकृत भएकालाई लिखित परीक्षामा र लिखित परीक्षामा उतिर्ण भएका उम्मेदवारलाई अन्र्तवार्ता र प्रयोगात्मक परिक्षामा समावेश गराइने छ । महिला, दलित, जनजातिर मधेसीलाई प्राथमिकता दिइने छ।
२. विज्ञापनमा उल्लेखित विभिन्न पदको जिम्मेवारी तथा कार्यसूची (Job description) तथा अन्य थप जानकारी लिन पर्ने भए कार्यालय समयमा सम्र्पक राखी जानकारी लिन सकिने छ । यो परियोजना को साझेदार संस्थासँग अन्तिम संम्झौता गर्ने कार्य अगाढी वढी सकेको सन्र्दभमा यो विज्ञापन प्रकाशन गरिएको हो । यदिकुनै कारणबस संम्झौता हुन नसकेमा सबै पदका विज्ञापन रद्ध हुन सक्न जानकारी सूचित गरिन्छ ।
आवेदन पेश गर्ने ठेगानाः मानवतथा राष्ट्रिय विकास समाज नेपाल, फिल्ड अफिस कमलामाई न.पा– ६, सिन्धुली, फोन नं. – ०४७५२०९६७, अथवा इमेलः [email protected] मार्फत पनि आबेदन दिन सकिने छ।