
सिन्धुलीमा लक्षित वर्गको लागि आएको कोभिड-१९ विरुद्धको खोप दुरुपयोग भएको भन्दै युवाहरूले स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाह सँग विवरण मागेका छन् ।
सिन्धुलीमा चिनिया भ्याक्सिन भेरोसेल को शक्तिको दुरुपयोग गरेर जथाभाबी बाँडे पछि आइतबार युवा सङ्घका केन्द्रीय सदस्य मनोज लामा सहित जिल्ला स्वास्थ्य कार्यालय पुगेर खोपको सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेका छन् ।
सिन्धुलीमा रहेका क्रियाशील पत्रकार र जेष्ठ नागरी बाहेक अन्य व्यक्तिहरूले कसरी खोप लगाए। कुन विधिबाट लगाए कारण सहित भन्दै १० घण्टा भित्र विवरण दिन माग गरेका छन् ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी सूर्य घिमिरे कै नेतृत्वमा पहुँच वालाको लागि सेटिङ्गमा खोप लगेर व्यक्तिको घरमा खोप केन्द्र सञ्चालन गरेको ध्यानाकर्षण गराएका छन् ।
जिल्लाका विपन्न वर्गका नागरिक र जेष्ठ नागरिकको लागि आएको खोप शक्तिमा रहेका र पहुँचवाल व्यक्तिले लगाउनु दुःखद रहेको युवाहरूले बताएका छन् ।
स्वास्थ्य कार्यालयले समयमा विवरण उपलब्ध नगराएको खण्डमा सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गर्ने समेत बताएका छन् ।