
सिन्धुली जिल्लाको अनलाइन पत्रकारिता क्षेत्रमा सिन्धुली दर्पण डटकमका नामबाट उदाएका छौं ।
समाचारको आफ्नै शैली र विषेशता हुन्छन् । समाचारले जनसमुदायमा प्रभाव पार्नुपर्छ भन्ने हामी दृढ विश्वास गर्छौ ।
नयाँ वर्ष २०७८ सालबाट हामी आम पाठकहरु माझ आउन पाउँदा हामीलाई खुशी लागेको छ । निश्चय पनि अनलाइन पत्रकारित आफैंमा कठिन र चुनौतीपूर्ण छ ।
सिमित बजार र असिमित पाठकहरु रहने भएकाले पनि त्यसको दिगो पनाका लागि हामीले कैयन जँगारहरु तर्न बाँकी नैं छन् । मुलुकमा देखिएको राजनैतिक अस्थिरता, विदेशीहरुको चौतर्फी दबाब र घेराबन्दीले नेपालको राष्ट्रियता कमजोर बनिरहेको छ । देश र जनतालाई बन्धक राखेर गरिने कुनैपनि राजनैतिक सौदावाजी हाम्रा लागि किमार्थ स्वीकार्य छैन ।
मुलुकमा अस्थिरता मच्चाएर आफ्नो अभिष्ठ पुरा गराउने राजनेता र विदेशी प्रभुको शरणमा पुगेर मुलुकलाई अन्धकारतर्फ धकेल्ने षडयन्त्रका विरुद्ध हुने कुनैपनि राष्ट्रवादी आन्दोलनमा हाम्रो समर्थन रहनेछ ।
हाे, हामी राजनीति गर्दैनौं तर विकासमा ढिलासुस्ती, राजनीतिलाई पेशा व्यवासाय बनाएर विकासमा हस्तक्षेप गर्नेहरुका विरुद्ध हामी आफुलाई फरक ढंगले प्रस्तुत गर्नेछौं । जनताको विकासमा ब्रम्हलुट मच्चाउनेहरुका विरुद्ध मिसाइल बनेर गर्जने छौं ।
हो हामी त्यस प्रकारको राजनीतिलाई अँगाल्नेछौं, जसले सिन्धुलीको बृहत्तर विकासका निम्ती खबरदारी गर्नेछ । अन्त्यमा हामी तपाईहरुको रचनात्मक सुझावको पर्खाइमा छौं । नयाँ वर्ष २०७८ तपाई सम्पूर्णका लागि शुभ बनोस्, हार्दिक शुभकामना ।