
सिन्धुलीको सुनकोशी गाउपालिका-५ बन्दिपुरमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।
बन्दिपुरमा रहेको पुरानो झागाझोली प्राथमिक स्वास्थ्य चौकीको २०७२ सालको विनाशकारी भुकम्पले भत्केर ध्वस्त भएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन)ले निर्माण गरेको भवनको गाउपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बुधबार उद्घाटन तथा हस्तान्तरण गरेकी हुन।
अध्यक्ष दाहालले पालिकाकै विकट बन्दिपुरमा सुविधा सम्पन्न भवन निर्माण भएपछि यस क्षेत्रका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउने विस्वास व्यक्त गरिन । उनले भनिन् हाल बर्थिङ सेन्टर संचालनका लागि स्वास्थ्य सामाग्री र स्वास्थ्य कर्मीको अभाव रहेकाले यसको पनि छिटै व्यवस्थापन गर्ने छु।
न्यु ड्राइगन प्रदेज जेभीले २०७७ अशोज १० गते भित्र निर्माण सम्पन्न गर्ने गरि कुल १ करोड ३७ लाख २२ हजार ४८० रूपैयाँ लागतमा २०७५ पुस १७ गते निर्माण सम्झौता भएको जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) का लेखापाल पदम मगरले जनाकारी दिए ।
कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष दिर्व सिङ मोक्तान, जिल्ला आयोजना कार्यान्वयन ईकाई(भवन) सिन्धुलीका प्रमुख सुर्य प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, वडा नं३ का वडाअध्यक्ष रामचन्द्र आचार्य लगाएतको उपस्थिति रहेको थियो भने वडा न ५ का वडाअध्यक्ष कृष्ण राज दाहालको अध्यक्षतामा भएको थियो ।
।