
मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीले मरिण गाउँपालिकाका ५ विद्यालयलाई प्रविधीमैत्री बनाउन आइटी सामाग्री हस्तान्तरण गरेको छ ।
विद्यालयलाई सूचना र प्रविधि प्रर्वद्धन गर्न बुधबार हेण्ड्स नेपालका अध्यक्ष बासुदेव अधिकारीले गाउँपालिका अध्यक्ष पानीराज बम्जनलाई आइटि सामाग्री हस्तान्तरण गरेका हुन ।
पालिकालाई प्राप्त आइटि सामाग्री पालिकाका कपिलाकोट माध्यमिक विद्यालय, माध्यमिक विद्यालय खयरसाल ,बरुणेश्वर माध्यमिक विद्यालय बरुण,आपचौर माध्यमिक विद्यालय ठुलदमार र सुकेश्वर आधारभुत विद्यालय चनौटे का प्रधानध्यापकहरु लाई अध्यक्ष बम्जनले हस्तान्तरण गरेका थिए।
प्रति विद्यालयलाई १४ इन्चको ल्यापटप एक/एक थान, प्रोजेक्टर एक/एक थान, ४३ इन्चको स्मार्ट टिभि दुई/दुई थान, प्रोटेवल ट्रली स्पिकर एक/एक थान, मिडास सफटवयर विन्डोजअपरेटिङ सिस्टम गरिएको सिकार्य परियोजनाका कार्यक्रम संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिनुभयो ।
हेण्डस नेपालका अध्यक्ष अधिकारीले प्लान इन्टर नेश्नल नेपालको आर्थिक सहयोगमा विद्यालयलाई प्रविधि मैत्री तरिकाले शिक्षण सिकाई गर्न र वालवालीका लाई पढाई प्रति रुची बढाई गुणस्तरीय शिक्षा प्रदान गर्न आइटि सामाग्री सहयोग गरेको बताए ।
यस्तै गाउँपालिका अध्यक्ष बम्जनले हेण्डस नेपालले मरिण गाउँपालिकाले लिएको नितीलाई सहयोग पु¥याउन सहयोग गरेकोमा धन्यबाद दिए । विज्ञानको समयमा प्रविधिको माध्यमबाट पठन–पाठन गर्न र विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग गरेकोमा धन्यवाद दिदै उनले अव फेरी १२ वटा विद्यालयलाई संस्थाले थप सहयोग गर्नेमा आशा व्यक्त गरे ।