
सिन्धुलीका सामुदायिक विद्यालयलाई आइसिटी सामाग्री हस्तान्तरण गरिएको छ ।
मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स ) नेपाल सिन्धुलीले प्लान इन्टरनेशनल नेपाल आर्थिक सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका भित्रका १५ विद्यालयलाई आइसिटी सामाग्री हस्तान्तरण गरिएको छ ।
ह्याण्डस नेपालका अध्यक्ष वासुदेव अधिकारीले नगरपालिकाका मेयर खड्गबहादुर खत्रीलाई सामग्री हस्तान्तरण गरेका हुन।
बिद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन १५ थान ल्यापटप, ३० थान ४३ इन्चको स्माट टिभी, १५ थान प्रोजेक्टर, १५ थान प्रोटेबल स्पिकर सहयोग गरेको ह्याण्ड्स नेपाल सिन्धुलीका सिकाई परियोजनाका कार्यक्रम संयोजक प्रमोद तिमल्सिनाले बताए ।
विद्यालयलाई ३७ लाख ४४ हजार ६ सय ७१ रुपैयाँ ५० पैसा बराबरको सामाग्री वितरण गरेको उनले जानकारी दिए ।
हालको परिस्थितिमा बालबालिकाहरूको सिकाइलाई सूचना, सञ्चार र प्रविधि सँग जोड्नु पर्ने सम्भावना र चुनौती लाई यस परियोजनाले समेट्ने प्रयास गरेको उनको भनाई रहेको छ।