मेलम्चीले बगाएको भारतीय नागरिकको शव आफन्तलाई बुझाइयो



सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा असार १ गते राति आएको बाढीले बगाएको एक भारतीय नागरिकको शव आफन्तलाई बुझाइएको छ ।


सिन्धुलीको सुनकोशी गाउँपालिका ६ कान ढुङ्ग्री स्थित सुनकोशी किनारामा  बुधवार बिहान भेटिएको भारतको झार खण्ड घर भएका  कमल लोचन महतोको शव आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।


मेलम्ची खानेपानी आयोजना सिन्धुपाल्चोकमा कार्यरत महतो भारतीय निर्माण कम्पनी पी.आई.एल कम्पनीका व्यवस्थापक समेत रहेका डिएसपी मनोज कुमार लामाले जानकारी दिए ।

शुक्रवार महतोको आफन्तलाई आवश्यक प्रक्रिया पुर्‍याई शव जिम्मा लगाएको लामाले बताए । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका