
सिन्धुपाल्चोकमा असार १ आएको मेलम्ची र इन्द्रावती बाढी पीडितलाई सिन्धुलीको मरिण गाउँपालिकाको सहयोग गरेको छ ।
मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका लाई ३ लाख रुपैयाँ सहयोग गरेको हो ।
मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बमजन उद्योग वाणिज्य संघ मरिण शाखाका अध्यक्ष चीनध्वज बमजन र हास्य कलाकार दिनेश काफ्लेले सिन्धुपाल्चोक पुगेका थिए ।
मरिण गाउँपालिका अध्यक्ष पानीराज बमजनले शुक्रवार मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याललाई १ लाख ५० हजारको चेक हस्तान्तरण गरेका थिए। भने, हेलम्बु गाउँपालिकालाई वाग्मती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल मार्फत १ लाख ५० हजार रुपैयाँ को चेक पठाइएको सिन्धुली दर्पण लाई जानकारी दिए ।
यता उद्योग वाणिज्य संघ मरिण शाखाले मेलम्ची नगरपालिका लाई ५१ हजार र हेलम्बु गाउँपालिकालाई ५१ हजार सहयोग गरेको छ।
त्यसै गरी हास्य कलाकार तथा मधु बन रेस्टुरेन्ट प्रा.लि सिन्धुलीका अध्यक्ष दिनेश काफ्ले मेलम्ची गाउँपालिकालाई २४ हजार आर्थिक सहयोग गरेका छन्।