बागमती प्रदेशले सिन्धुलीका कुन पालिकालाई कति बजेट दियो ?



बागमती प्रदेश सरकारले सिन्धुलीका ९ स्थानीयलाई आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ४९ करोड ९७ लाख १७ हजार बजेट प्रदान गरेको छ ।

बागमती प्रदेशले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत सिन्धुलका २ नगरपालिका र ७ गाउँपालिकालाई गरी कुल ४९ करोड ९७ लाख १७ हजार बजेट उपलब्ध गराएको हो ।

कुन पालिकालाई कति बजेट ?

बागमती प्रदेश सरकारले जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकालाई ६ करोड ८२ लाख २३ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

दुधौली नगरपालिकालाई ८ करोड ३४ लाख ८८ हजार, गोलन्जोर गाउँपालिलाई ७ करोड १० लाख १९ हजार,घ्याङलेक गाउँपालिकालाई ५ करोड २६ लाख ४९ हजार, तीनपाटन गाउँपालिकालाई ६ करोड ८१ लाख २१ हजार प्रदान गरिएको छ।


त्यसैगरी फिक्कल गाउँपालिलाई ५ करोड ६८ लाख ४८ हजार, मरिण गाउँपालिकालाई ५ करोड ७३ लाख ७५ हजार, सुनकोसी गाउँपालिकामा ३ करोड १५ लाख २६ हजार र हरिहरपुरगढी गाउँपालिकालाई ५ करोड ४ लाख ६६ हजार बजेट उपलब्ध गराएको हो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलका अनुसार वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान शीर्षकमा स्थानीय तहहरुलाई बजेट उपलब्ध गराईएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका