
मानव तथा राष्ट्रिय विकास समाज (HANDS) नेपाल, सिन्धुली
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक प्रकाशन मितिः २०७८/०३/०९ गते
मानव तथा राष्ट्रिय विकास समाज (HANDS) नेपाल सिन्धुलीले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका र मरिण गाउँपालिकामा संचालन हुने Gender Responsive School and Community Safety Initiatives परियोजना सञ्चालन गर्ने कार्यका लागि तपसिल अनुसारको कर्मचारी आवश्यक भएकोले देहाय अनुसारकोे योग्यता पुगेको इक्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा दरखास्त पेश गर्न आह्वान गरिन्छ ।
तपशिल
सि. नं. | विज्ञापन नं. | पद | आवश्यक सङख्या | कार्यक्षेत्र |
१. | ०८/०७७/०७८ | Project Coordinator (PC) | १ | सिन्धुली जिल्ला र परियोजना संचालन हुने स्थानीय पालिका |
२. | ०९/०७७/०७८ | Field Supervisor (FS) | २ | परियोजना संचालन हुने स्थानीय पालिका |
Project Coordinator- १ लागि योग्यता र दक्षता
- मान्यता प्राप्त शैक्षिक संस्थाबाट वातावरण विज्ञान वा इन्जीनियरिङ्ग, विपद जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, विकास अध्ययन, ग्रामीण विकास अथवा समाजशास्त्र विषयमा स्नातकोत्तर र सम्वन्धित क्षेत्रमा कम्तिमा ३ वर्ष कार्यानुभव भएको वा वातावरण विज्ञान वा इन्जीनियरिङ्ग, विपद जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, विकास अध्ययन, ग्रामीण विकास वा समाजशास्त्र विषयमा स्नातक गरि परियोजना व्यवस्थापनमा अधिकृत वा सो भन्दा माथि पाँच बर्षको अनुभव ।
- आयोजना व्यवस्थापन चक्र जस्तै योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, निरीक्षण, मुल्याङ्कन, प्रतिवेदन लेखन (अंग्रेजी र नेपाली) मा राम्रो दखल तथा अनुभव भएको, तथ्याङ्क व्यवस्थापन तथा प्रशासनिक कार्य कौशल भएको ।
- जिल्ला स्तरका तथा पालिका स्तरका सरोकारबाला तथा साझेदार संस्थासँग नियमित सम्र्पक, समन्वय र सहकार्य गर्न सक्ने
- कर्मचारी परिचालन तथा समुह कार्य गर्न गराउनुको साथै फिल्ड कार्यमा धेरै समय दिन सक्ने ।
- कम्प्युटर सम्बन्धि ज्ञान (MS word, Excel, Power Point, MS team, email/internet), GIS/Remote sensing को ज्ञान तथा दक्षता भएको र वेभ तथा कम्प्युटर वेस अनुसन्धान औजारको चलाउन सक्षम ।
- कार्यक्रम सम्बन्धि साझेदार संघसंस्था तथा व्यक्ति पहिचान गरी सहकार्य गर्न सक्ने ।
- तालिम, गोष्ठी जस्ता कार्यक्रम सहजीकरण गर्ने सीप भएको ।
- समुदायमा उठेका परियोजनासँग सम्बन्धित सवाललाई संस्थाको तर्फबाट संबोधन गर्न सक्ने ।
- अन्तरव्यैक्तिक कला तथा तनावमा पनि कार्य गर्नसक्ने दक्षता भएको ।
- दुई पाङ्गे सवारी साधन संचालन गर्ने अनुमति पत्र भएको,
Field Supervisor (FS)- २ को लागि योग्यता र दक्षता :
- मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाण पत्र तह वा +२ उत्तिर्ण गरि मुख्य विषय वातावरण विज्ञान, समाजशास्त्र, सामाजिक अध्ययन वा शिक्षा शास्त्र लिइ सम्वन्धित क्षेत्रमा ३ बर्षको कार्यानुभव भएको । स्नातक उर्तिणलाई ग्राहयता दिईने ।
- शैक्षिक क्षेत्रको ज्ञान तथा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन सम्बन्धि जानकारी भएको
- समुदाय परिचालन तथा सम्वन्ध स्थापना गर्न सक्ने दक्षता भएको ।
- मासिक प्रतिवेदन तथा बैठक म्यान्युट तयार गर्न सक्ने स्थानीय सरकार सँग समन्वय तथा सहकार्य गर्न सक्ने दक्षता भएको
- कम्प्युटर सम्बन्धि ज्ञान (Ms word, Excel, PowerPoint) का साथै email, internet चलाउन सक्षम ।
- कार्यक्रम सम्बन्धि साझेदार संघ, संस्था तथा व्यक्ति सँग सहकार्य गर्न सक्ने ।
- समुदायमा उठेका परियोजना सँग सम्बन्धित सवाल लाई संस्थाको तर्फ बाट संबोधन गर्न सक्ने ।
उम्मेदवारले पेश गर्नु पर्ने आवश्यक कागजातहरु:
व्यक्तिगत विवरण (वायोडाटा), शैक्षिक योग्यताको प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, व्यक्तिगत स्थायी लेखा नं., अनुभवको प्रमाणपत्र तथा लिखित निवेदन अनिवार्य पेश गर्नु पर्ने छ ।
सेवा तथा सुविधा परियोजनामा व्यवस्था भए अनुसार हुनेछ ।
नोट : १. उल्लेखित प्रारम्भिक छनौटमा सूची प्रकाशनमा सुचिकृत भएकालाई लिखित परीक्षामा र लिखित परीक्षामा उतिर्ण भएका उम्मेदवारलाई अन्र्तवार्ता र प्रयोगात्मक परिक्षामा समावेश गराइने छ ।
२. विज्ञापनमा उल्लेखित विभिन्न पदको जिम्मेवारी तथा कार्यसूची (Job description) तथा अन्य थप जानकारीको लागि दिएको लिंकमा
https://drive.google.com/drive/folders/1B3IRCT_nhGsWTCSPblnaMe_qyu2XSkdH?usp=sharing हेर्न सकिन्छ वा कार्यालय समयमा सम्र्पक राखी जानकारी लिन सकिने छ । परियोजना को साझेदार संस्थासँग अन्तिम संम्झौता गर्ने कार्य अगाढी वढी सकेको सन्र्दभमा यो विज्ञापन प्रकाशन गरिएको हो । यदि कुनै कारणबस संम्झौता हुन नसकेमा सबै पदका विज्ञापन रद्ध हुन सक्ने जानकारी सूचित गरिन्छ ।
आवेदन पेश गर्ने ठेगाना : मानव तथा राष्ट्रिय विकास समाज नेपाल, फिल्ड अफिस कमलामाई न.पा.– ६, सिन्धुली, फोन नं. ०४७–५२०९६७, अथवा इमेलः [email protected] मार्फत पनि आबेदन दिन सकिनेछ ।