
बल्ल पाँच औँलाले भरिएको एउटा हत्केलो
हात हेर्नोस् त कस्तो सुहाउँदो छ
अनि आज साँझ देशलाई हेर्नोस्
ठिक्क पुग्यो!
सर्वोच्च अदालत राजबिराज ल्याउनु पर्यो
सप्तरी त छाया परिरहेको छ
मुन्टो उचाल्न,न्यूर्याउन कोल्टेपर्न
अब आदेस पर्खनुस् ।
निर्णय पहिला वकिल खोज्नुस्
खर्च सोध्नुस् तब निर्णय गर्नोस्।
पहोलोदिन भएको आगमन सभा
तेर्हौदिन विधाइमा परिणतहुँदा
हर्शोलास हराएर सोकाकुल हुनुभयो
चिन्ता नगर्नोस् महोदय,
इतिहासमा स्वर्णिम युग हजुरहरुकै भयो
भ्रष्टाचार,कमिसन,घुस पक्कै भ्याउनु भएन
उल्टो भोज खर्च चुनावको मुखमै थपियो
पक्कै सोच्नुभएकै थियो होला?
जत्रै ठूलो पदमा भएपनी
नियुक्ती दैनिक ज्यालादारिको थियो
हामिलेत कराएका पनि थियौ
हजुरहरुले भुईतिर हेर्नू भएन त!
आकाशतिर मात्र हेरेपछी दृष्टि भ्रम हुनु
सामान्य हो।,
सजिलो परिचय पनि पाउनु भयो
कुलघरानको इज्ज्वत पनि बडाउनु भयो
आबा गरेपनी,हुलाकी खटिएपनी
मान्छेले घरत देख्ने भए
फेरि भोलिलाई धोती फेर्न आधार पनि त तयार पार्नु भयो नि!
झुक्किएर कलम चोबिएको भए
सबै उधारो बस्यो!
सिर्सिया पारिबाट मकै चोर्न बथान पठाउने
सुगृब दाजुको त अनुहारै बिगृएको थियो
के चिन्ता गर्या होला?
तलब भत्ता अलि बढिनै मिलेको जस्तो लाग्छ त
तेर्हौ दिने बिदाई त सहनु पर्याछ मान्छेले
लौ लिला चै अपरम्पार हुने रैछ है
हामी साना तिनाले नबुझ्ने
न थाल तान्न जानियो
न जुठो झार्न
मेलम्चिको अनुगमनमा हेलिकप्टर सबार हुँदा हुँदै
हेरेर टाउको हल्लाउँदै मुस्कुराएका बाजेले
चोक्टा खानु र झोलमा डुबेर मर भो!