
सिन्धुली – मालपोत कार्यालय सिन्धुलीमा कार्यरत नायब सुब्बा पुरूषोतम दाहाल “जनसेवा श्री” पदक पुरस्कारद्वारा विभुषित भएका छन।
निजामती सेवामा रहेर उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै नेपाल सरकारले दाहाल लाई “जनसेवा श्री” विभुषण गरिएकाे हाे ।
नयाँ बर्षकाे पहिलाे दिन बुधबार राष्ट्रपति कार्यालय सितल निवासमा आयोजित समारोहमा एक कार्यक्रमका बिच निजामती सेवामा रहि उल्लेखनी योगदान पु¥याए बापत उच्च मुल्याङ्ख गदै सम्मान स्वरुप मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा दाहाल लाई राष्ट्रपति विध्यादेवी भण्डारीले “जनसेवा श्री” पञ्चम श्रेणी पुरस्कारद्वारा विभूषित गर्नुभएकाे थियाे ।
नेपाल सरकारले संबिधान दिवस २०७७ को अवसरमा बिभुषित हुने ब्यक्तिहरूको नामावली सार्वजनिक गरिएकाे थियाे । बिभिन्न पेशा तथा व्यवसाय एवं सामाजिक क्षेत्रमा क्रियाशील ४५२ जनालाई सम्मान गरिएको छ।