
नेकपा एमाले निकट भातृ संगठनहरु राष्ट्रिय युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियुले सिन्धुलीको सिन्धुलीमाढीमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणा लगायतका न्यायाधिशहरुको पुत्ला जलाएका छन् ।
दलिय ब्यवस्थामा अदालतले गरेको निर्णयले निर्दलिय तर्फ उन्मुख गरेको भन्दै विद्यार्थी र युवाहरुले आदेश कार्यान्वयन हुँदा मुलुक राजनीतिक संकटमा फस्ने भन्दै जिल्लाको सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चोकमा पुत्ला जलाएका हुन् ।
समोबार सर्वोच्वको फैसला बहुदलीय संसदीय प्रणाली को मर्म बिपरित भएको भन्दै नेकपा एमाले सम्बध्द्व अनेरास्ववियु र राष्ट्रिय युवा संघले पुत्ला जलाएको राष्ट्रिय युवा संघका जिल्ला संयोजक देवराज वाइबाले बताए ।
सर्बोच्च अदालतले गरेको संसद पुनस्थापनाको फैसला सँगै प्रधानमन्त्री नियुक्त गर्ने परमादेश लोकतन्त्रको मर्म विरुद्ध भएको भन्दै सिन्धुलीमा चोलेन्द्र शमशेर राणाको पुत्ला जलाएको अनेरास्ववियु केन्द्रीय सदस्य गोकर्ण भुजेलले बताए ।
पुत्ला जलाउने कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अरुण पाख्रीन,मनोज लामा,अनेरास्वबियु सिन्धुलीका जिल्ला नेताहरु लगाएतले पुत्ला जलाएको थिए ।
त्यसैगरी आज नै सिन्धुलीको दुधौली,तीनपाटनको चकमके र फिक्कलको खाङ्गसाङ्ग बेसीमा पनि पुत्ला जलाएको राष्ट्रिय युवा संघ सिन्धुलीले जनाएको छ ।