
सिन्धुलीमा एक बालिका आफ्नै घरबाट बेपत्ता भएकी छिन । जिल्लाको गोलन्जोर गाउँपालिका ६ की चन्द्रकुमारी विश्वकर्मा आफ्नै घरबाट बेपत्ता भएकी हुन ।
१२ वर्षिया चन्द्रकुमारी गत साउन २८ गते बिहिवार दिउँसो देउरालीटार स्थित आफ्नै घरबाट हराएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बालीका हराएको पाँच दिन सम्म सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको डिएस्पी मनोजकुमार लामाले सिन्धुली दर्पण लाई जानकारी दिए ।
डिएस्पी लामाले बालिकाकी माइजु सबिता कालिकोटे ले खोजीको लागि निवेदन दिएको बताए।
उनका अनुसर कक्षा ४ मा अध्यनरत चन्द्रकुमारी विश्वकर्माको उचाई ५ पिटको कालो अलादिन र निलो टिर्सट लागाएकी गंहुगोरो वर्णकी अगाडिको दाँत उछिट्टेको हुलिया रहेको छ ।
परिवारले निज बालिका लाई कसैले काहीँ कतै फेला पारेमा नजिकिको प्रहरी कार्यालयमा सम्पर्क गरेर बुझाइदिन अनुरोध गरेको छ ।